२४ घण्टामै रास्वपा छाडेर एमाले फर्किए युवा संघ दमक सचिव

हिमाल प्रेस ८ माघ २०८२ १५:३७ | Thursday, January 22, 2026
34
SHARES
२४ घण्टामै रास्वपा छाडेर एमाले फर्किए युवा संघ दमक सचिव

काठमाडौँ– नेकपा एमालेनिकट युवा संघका दमक सचिव कमलप्रसाद गैरे पुनः पार्टीमै फर्किएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवार बनेपछि प्रभावित भएर गैरेले एमाले त्यागेको बताएका थिए।

तर बिहीबार सामाजिक सञ्जाल स्ट्याटस लेख्दै आफू एमालेमै रहने बताएका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर पनि फेसबुकमा राखे छन्।

‘म कमलप्रसाद गैरे विद्यार्थी जीवनदेखि नै नेकपा एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको सदस्य, उपसचिव सचिवको भूमिका निर्वाह गरी पार्टीको संगठित सदस्य रहेर विगत लामो समयदेखि पार्टीका विभिन्न गतिविधिहरूमा इमान्दारीपूर्वक संलग्न हुँदै आएको छु। हिजो केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत् पार्टी छोडेको भनेर लेखेता पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्चाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा नै हिजो पनि यही थिए आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले लेखेका छन्।

दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि केपी ओली नै आवश्यक भएकोसमेत उनले बताएका छन्।

प्रकाशित: ८ माघ २०८२ १५:३७ | Thursday, January 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast