सिन्धुली नेकपामा विद्रोह, लेखनाथ दाहालविरुद्ध महेश्वरले दिए उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ १८:४९ | Tuesday, January 20, 2026
64
SHARES
सिन्धुली नेकपामा विद्रोह, लेखनाथ दाहालविरुद्ध महेश्वरले दिए उम्मेदवारी

सिन्धुली- सिन्धुली क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध जिल्ला पार्टीले विद्रोह गरेको छ। जिल्ला पार्टीको निर्णयअनुसार नेकपा नेता महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कम्युनिस्ट पार्टीका जिल्ला नेताहरूको उपस्थितिमा महेश्वरले उम्मेदवारी दर्ता गराएका थिए। महेश्वरको साथमा हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन, बिनोद विकसहितका लोकप्रिय नेताहरू  थिए।

जिल्ला उम्मेदवार सिफारिस कार्यदलको निर्णय विपरीत पार्टी केन्द्रले लेखनाथ दाहाललाई जबर्जस्ती टिकट वितरण गरेको भन्दै जिल्ला पार्टीले महेश्वरलाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो।

प्रकाशित: ६ माघ २०८२ १८:४९ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast