भारतको सिलिगुडीमा गुञ्जिँदै नेपथ्य ब्यान्ड

हिमाल प्रेस ६ माघ २०८२ १२:३६ | Tuesday, January 20, 2026
30
SHARES
भारतको सिलिगुडीमा गुञ्जिँदै नेपथ्य ब्यान्ड

काठमाडौँ- नेपाली सांगीतिक ब्यान्ड नेपथ्य पहिलोपटक भारतको सिलिगुडीमा गुञ्जिने भएको छ। पीभीई नेटवर्कले आगामी फेब्रअुरी २८ मा आयोजना गर्ने ‘नेपथ्य लाइभ सिलिगुडी’ मा नेपथ्यले गीत प्रस्तुत गर्न लागेको हो।

कन्सर्ट उत्सोधारा टिस्टा टाउनसिप, कावाखली ग्राउन्डको पछाडिको क्षेत्रमा हुनेछ। सिलिगुडीमा पूर्वी भारत र हिमालयन क्षेत्रका नेपाली संगीतप्रेमीहरूमाझ सांस्कृतिक आदानप्रदानका रुपमा स्थापित गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको बताएको छ।

पीभीई नेटवर्कले सिलिगुडी क्षेत्रमा गर्न लागेको यो दोस्रो अन्तर्राष्ट्रिय कन्सर्ट हो।पीभीई नेटवर्कका संस्थापक विकेश कायस्थले सिलिगुडीमा नेपथ्य ल्याउनु संस्थाको विश्वासको प्रतिबिम्ब रहेको बताए। ‘यस क्षेत्रमा दर्शकहरूले ठूला कन्सर्टको प्रत्यक्ष अनुभव लिन पाउनुपर्छ। हाम्रो उद्देश्य विश्वस्तरीय कन्सर्ट अनुभव प्रदान गर्नु हो र नेपथ्यको सांगीतिक सांस्कृतिक धरोहरलाई सम्मान गर्नु हो’, उनले भने।

कायस्थकाअनुसार नेपाल र भुटानका दर्शकहरू कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ। त्यस्तै भारतका मुंबई, बेंगलुरु, नयाँ दिल्ली, र पूर्वोत्तर क्षेत्रबाट दर्शकले पनि कन्सर्टबारे चासो देखाएका छन्।

नेपथ्यको कार्यक्रमका लागि आयोजकले अर्ली बर्ड टिकटहरू अनलाइनमा उपलब्ध गराएका छन् र ती बिक्री पनि भइसकेको छ। आयोजकका अनुसार हाल सिमित टिकटहरू मात्र बाँकी छ। नेपालमा खल्ती बाई आइएमई टिकेटिङ साझेदारको रूपमा टिकटहरू उपलब्ध छ।

तीन दशकअघि स्थापित नेपथ्य दक्षिण एसियाका प्रभावशाली ब्यान्डहरूमध्येमा पर्छ। जसको संगीत सामाजिक जनजीवन, आप्रवासन, पहिचान र साझा स्मृतिमा आधारित छ।

प्रकाशित: ६ माघ २०८२ १२:३६ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast