नेपाली राइडरका लागि अन्तर्राष्ट्रिय ढोका खोल्दै टीभिएस एआरई जीपी

हिमाल प्रेस ५ माघ २०८२ १२:०१
नेपाली राइडरका लागि अन्तर्राष्ट्रिय ढोका खोल्दै टीभिएस एआरई जीपी

काठमाडौँ- दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वव्यापी अग्रणी कम्पनी TVS मोटर कम्पनीले नेपालमा TVS अपाचे रेसिङ एक्सपिरियन्स (ARE GP) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। TVS अपाचे सिरिजको २० वर्षे गौरवपूर्ण यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा यो कार्यक्रम आयोजना गरिएको हो।

नेपालको पहिलो छनोट चरण काठमाडौँको सतुङ्गलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर (VARC) मा सम्पन्न भएको थियो। कार्यक्रममा ६० भन्दा बढी राइडरहरूको सहभागिता रहेको थियो भने ३०० भन्दा बढी दर्शक तथा मोटरस्पोर्ट्स पारखीहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।

TVS ARE GP ले सहभागी राइडरहरूलाई सुरक्षित र रोमाञ्चक वातावरणमा व्यावसायिक रेसिङ तालिम लिन, प्रतिस्पर्धा गर्न तथा एड्रेनालिनले भरिएको रेसिङ अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको थियो। सहभागी राइडरहरूलाई TVS रेसिङका अनुभवी च्याम्पियनहरूले प्रत्यक्ष मार्गदर्शन र प्रशिक्षण दिएका थिए।

नेपाल छनोट चरणमा ६० भन्दा बढी राइडरहरूले १० वटा चुनौतीपूर्ण मोडहरू समावेश गरिएको व्यावसायिक रूपमा डिजाइन गरिएको ट्र्याकमा प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा राइडरहरूको प्रदर्शन सबैभन्दा छिटो ल्याप टाइमका आधारमा मूल्यांकन गरिएको थियो। च्याम्पियनसिप १६०cc, २००cc र ३१०cc गरी तीन श्रेणीमा सञ्चालन गरिएको थियो।

प्रत्येक श्रेणीका शीर्ष तीन राइडरहरूलाई विशाल दर्शक समूहले उत्साहपूर्वक समर्थन र प्रशंसा गरेको थियो। उनीहरूलाई भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किट (MIC) मा आयोजना हुने TVS ARE GP फाइनल्समा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिएको छ। साथै, प्रत्येक विजेतालाई २५ हजार रुपैयाँ नगद पुरस्कार र TVS मोटरका विशेष राइडिङ गियरहरू प्रदान गरिएको थियो। छनोट चरणका विजेताहरू अब अप्रिल २०२६ मा आयोजना हुने TVS ARE GP ग्रान्ड फिनालेतर्फ अग्रसर हुनेछन्।

१६०cc श्रेणीमा सुजन थापा मगर विजेता घोषित भए भने विवेक पाण्डे पहिलो उपविजेता र प्रशान्त सुतीहार दोस्रो उपविजेता बने।
२००cc श्रेणीमा अभिनव राज मल्ल विजेता बने भने निमेष थकुरी पहिलो उपविजेता र मिलन छुश्याबागा दोस्रो उपविजेता घोषित भए।

त्यसैगरी ३१०cc श्रेणीमा दिलीप दनुवार विजेता बने भने राम विक्रम थापा पहिलो उपविजेता र श्रीतेश थापा दोस्रो उपविजेता बने।कार्यक्रमका अवसरमा बोल्दै TVS मोटर कम्पनीका प्रिमियम बिजनेस प्रमुख विमल सुम्ब्लीले TVS अपाचेको २० वर्षे यात्रासँगै TVS रेसिङ ARE GP को अन्तर्राष्ट्रिय विस्तार सीमाना तोड्ने र नयाँ मापदण्ड स्थापना गर्ने यात्राको स्वाभाविक निरन्तरता भएको बताए।

त्यसैगरी TVS मोटर कम्पनीका अनुसन्धान तथा विकास (R&D) का वरिष्ठ उपाध्यक्ष आर. बाबुले रेसिङ प्लेटफर्ममार्फत राइडरहरूलाई व्यावसायिक स्तरको अनुभव प्रदान गर्ने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गरे।

कार्यक्रममा जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर शाहिल अग्रवालले मोटरस्पोर्ट्सले युवापुस्तालाई प्रेरित गर्ने उल्लेख गर्दै नेपालबाट सुरु भएको TVS ARE GP ले स्थानीय प्रतिभाको विकास र अन्तर्राष्ट्रिय मञ्चमा पहुँच विस्तार गर्न सहयोग पुग्ने बताए।

दिनभर चलेको कार्यक्रममा ह्विली र्याम्प, स्टन्ट शो, जिमखाना सेसन तथा DJ प्रस्तुतीहरू समावेश गरिएको थियो, जसले कार्यक्रमलाई पूर्ण मोटरस्पोर्ट्स फेस्टिभलको रूप दिएको थियो।

चार दशकभन्दा लामो रेसिङ विरासत बोकेको TVS रेसिङले हालसम्म ३ हजारभन्दा बढी राइडरलाई विभिन्न श्रेणीमा प्रशिक्षण दिइसकेको छ। “Track to Road” रणनीतिमार्फत TVS अपाचे सिरिजको इन्जिनियरिङमा योगदान पुर्‍याउँदै आएको TVS रेसिङ आज विश्वव्यापी मोटरस्पोर्ट्स च्याम्पियनसिपको रूपमा आफूलाई स्थापित गर्दै अघि बढिरहेको छ।

 

प्रकाशित: ५ माघ २०८२ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast