कहाँबाट चुनाव लड्दै छिन् मानुषी?

हिमाल प्रेस ४ माघ २०८२ १४:१७
42
SHARES
कहाँबाट चुनाव लड्दै छिन् मानुषी?

काठमाडौँ- फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनाेनयन दर्ता गर्ने कार्यतालिका छ। प्रतिस्पर्धीले सो दिन जिल्लास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दिनुपर्छ। यसका लागि राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त भएका छन्। १६५ स्थानमध्ये नेकपा एमालेले अधिकांश चुनावी क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ। अन्य दलहरू पनि धमाधम उम्मेदवार छनोटमा व्यस्त छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पनि उम्मेदवार छनोट गरिरहेको छ। दलका संरक्षकसमेत रहेका डा. बाबुराम भट्टराईले चुनाव नलड्ने बताइसकेका छन्। उक्त दलकी केन्द्रीय सदस्य रहेकी मानुषी यमि भट्टराई कहाँबाट चुनाव लड्ने हुन् भन्ने चासो सो दलका कार्यकर्तामा छ।

विद्यार्थी राजनीतिबाट मूलधारको राजनीति गर्दै आएकी मानुषी यतिबेला भारतमा छिन्। २०७९ सालको प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको गठबन्धनबाट मानुषी काठमाडौँ क्षेत्र नम्बर ७ को उम्मेदवार थिइन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुलीबाट पराजित भएकी थिइन्।

प्रलोपा स्रोतका अनुसार  केन्द्रीय सदस्य मानुषी यमि भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार नबन्ने भएकी छन्। प्रलोपाका उनी निकट एक नेताले आइतबार हिमालप्रेसलाई भने, ‘उहाँ (मानुषीजी) यतिबेला नयाँदिल्ली हुनुहुन्छ। नयाँ दिल्ली जानुअघि  चुनावचाहिँ नलड्ने बताउनुभएको थियो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast