फाइल तस्बिर
काठमाडौँ- पूर्वशिक्षामन्त्री विद्या भट्टराइले स्थानीय तहका जनप्रतिनिधिले कार्यकाल पूरा नगरी राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बन्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको बताएकी छन्।
प्रतिनिधीसभा सदस्यले ५ वर्षका लागि शपथ लिए पनि कार्यकाल पूरा गर्न नपाएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सुरक्षित भएको बताएकी छन्। लोकतन्त्र नारामा मात्र नभई व्यवहारमा पनि प्रस्तुत गर्ने सोच विकास गर्नुपर्ने उनले बताइन्।
‘प्रतिनिधिसभाका सदस्यले ५ वर्षका लागि शपथ लिए पनि कार्यकाल पूरा गर्न पाएनन्। स्थानीय तह त ५ वर्षका लागि सुरक्षित छ नि,’ उनले आइतबार सााजिक सञ्जालमा भनेकी छन्,‘आफ्नो कार्यकाल पूरा नहुँदै धमाधम राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवारी दिनु लोकतान्त्रिक मूल्य, विधि र मान्यता विपरीत होइन र? लोकतन्त्र नारा मात्र होइन, व्यवहार पनि हो र त्यो व्यवहार आफैबाट प्रस्तुत गर्नुपर्दछ भन्ने सोच सबैले विकास गरौं।’



