निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

हिमाल प्रेस ३ माघ २०८२ २०:२२ | Saturday, January 17, 2026
14
SHARES
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौँ– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ।

मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग शनिबार आयोगको कार्यालय, बहादुर भवनमा छलफल गरेका हुन्। त्यस अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनको काम नियमित र तालिकाअनुसार भइरहेको जानकारी गराए।

उनले निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका र निर्वाचन तयारीका हिसाबले करिब ८० प्रतिशतभन्दा बढी काम भएको बताए।

आयोगले यही माघ ११ गते राष्ट्रियसभाको पनि निर्वाचन गराउँदैछ। भण्डारीले निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउन सूक्ष्म अनुगमन गरिने जानकारी दिए।

गृहमन्त्री अर्यालले मन्त्रालय र आयोगबीच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य गरिने विश्वास दिलाउँदै सुरक्षा व्यवस्थापनमा सरकारका तर्फबाट पर्याप्त तयारी भएको बताए। उनले निर्वाचन तयारी, मतदान प्रक्रिया र मतणनासम्मको एकीकृत सुरक्षा योजनाअनुसार सरकारले सुरक्षाको प्रत्याभूति गर्ने पनि स्पष्ट गरे।

आयोगका सचिव कृष्णबहादुर राउतले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको र अब मतपत्र तथा निर्वाचन सामग्री सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको जानकारी दिए।

प्रकाशित: ३ माघ २०८२ २०:२२ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast