कुनै दलमा आबद्ध हुने सुरमा छैनन् गोपाल हमाल, राजीनामा दिएर चुनाव लड्ने पनि छैन चाहना

हिमाल प्रेस ३ माघ २०८२ १३:४९ | Saturday, January 17, 2026
16
SHARES
कुनै दलमा आबद्ध हुने सुरमा छैनन् गोपाल हमाल, राजीनामा दिएर चुनाव लड्ने पनि छैन चाहना

काठमाडौँ- धनगढी उपमहानगरपालिकामा स्वतन्त्ररूपमा चुनाव लडेर मेयर गोपाल हमालले आफू कुनै पनि पार्टीमा आबद्ध नहुने बताएका छन्।

उनले स्वतन्त्र रहेरै पाँच वर्षसम्म धनगढीको जनताको सेवा गर्ने स्पष्ट पारेका छन्। विभिन्न सञ्चार माध्यममा आफूले पार्टी प्रवेश गरेको र गर्न चाहेको भन्ने खबरमा विश्वास नगर्न मेयर हमालले आग्रह गरेका छन्।

‘मैलै कुनै पनि पार्टी प्रवेश गर्ने योजना बनाएको छैन। मलाई धनगढीका मतदाताले पाँच वर्षका लागि स्वतन्त्र मेयरका रुपमा निर्वाचित गराएका हुन्। म धनगढीबासीले दिएको जिम्मेवारी र विश्वासलाई इमानदार भएर पूरा गर्ने प्रयासमा छु,’ उनले भने, ‘पाँच वर्ष पूरा नहुँदासम्म म कुनै पनि राजनीतिक दलमा लाग्ने छैन।’

मेयर हमालले जनताले दिएको जिम्मेवारी र देखाएको विश्वासमा घात नगर्ने स्पष्ट पारेका छन्। उनले निराधार समाचारमा विश्वास नगर्न सबैमा अनुरोध गरेका छन्। ‘मलाई जनताले स्वतन्त्र मेयर भनेर जिताएका हुन्। म जनाताको म्याण्डेडअनुसार २०८४ को स्थानीय चुनावसम्म स्वतन्त्र नै रहेर काम गर्छु। अहिले कुनै पनि पार्टी प्रवेश गर्ने योजना छैन। हल्ला र सामाजिक सञ्जालका पछि नलाग्न सबैमा मेरो अनुरोध छ,’ मेयर हमालले भने।

प्रकाशित: ३ माघ २०८२ १३:४९ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast