‘चलचित्र’मा भित्रिए विपिन र अर्पण

हिमाल प्रेस ८ माघ २०७९ १२:०६ | Sunday, January 22, 2023
‘चलचित्र’मा भित्रिए विपिन र अर्पण

काठमाडौँ- अभिनेता विपिन कार्की पछिल्लो समय निकै व्यस्त बनेका छन्। गत सातामात्र उनले दुइटा फिल्मसँग जोडिएका छन्।

बुधबार झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’मा भित्रिएका उनले शुक्रबार ‘चलचित्र’ कोट निर्माण पक्षसँग सम्झौता गरेका छन्।

फिल्ममा सफल केसी र प्रतीक गुरुङको निर्देशन रहनेछ। फिल्मकर्मीको संघर्षको कथामा आधारित फिल्ममा अभिनेता अर्पण थापा पनि अनुबन्धित भएका छन्।

फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ। हालै विपिनले ‘प्रसाद २’को छायांकन सकाएका छन्। ‘भगवत् गीता’ र ‘भष्मे डन’को छायांकन पूरा गरेपछि उनले ‘चलचित्र’को सुटिङ गर्ने निर्माण पक्षले जनाएको छ।

विपिनले फिल्म ‘हरि’मा सफल र प्रतीकसँग काम गरेका थिए। व्यवसायिक रूपमा फिल्म असफल भए पनि समीक्षकबाट भने प्रशंसा पाएको थियो।

प्रकाशित: ८ माघ २०७९ १२:०६ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast