सबै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हिमाल प्रेस २ माघ २०८२ १५:०६ | Friday, January 16, 2026
20
SHARES
सबै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

शुक्रबार देशभरका जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

यसै क्रममा काठमाडौँमा सबै निर्वाचन क्षेत्रमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कार्यालय स्थापना गर्ने क्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रत्येक नागरिकले स्वतन्त्रतापूर्वक आफ्नो मतदानको अधिकारको व्यवस्थालाई प्रत्याभूत गराउन सबै प्रकारको सुरक्षाका रणनीति अंगीकार गर्ने बताए।

जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका ८८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्ने गरी व्यवस्था गरिएको छ भने ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ।

प्रकाशित: २ माघ २०८२ १५:०६ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast