चुनावअघि नै शिक्षामा महत्त्वपूर्ण सुधार र नियमावली संशोधनमा पहल हुँदैछ : शिक्षामन्त्री पुन

हिमाल प्रेस २ माघ २०८२ ९:३४ | Friday, January 16, 2026
142
SHARES
चुनावअघि नै शिक्षामा महत्त्वपूर्ण सुधार र नियमावली संशोधनमा पहल हुँदैछ : शिक्षामन्त्री पुन शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा नियमावली, विश्वविद्यालयको कुलपतिले प्रधानमन्त्री बन्न नपाउने गरी कानुन संशोधनलगायत शिक्षा क्षेत्रमा सुधारका कदममा जोड दिँदै काम गरिरहेका छन्। यसलाई निष्कर्षमा पुर्‍याउन आफूले अन्तिम प्रयास गरेको उनले जनाएका छन्।

मन्त्री पुनले आज सामाजिक सञ्जालमा उल्लेख गर्दै भनेका छन्,‘म मुर्ख मनुवाले शिक्षा क्षेत्रमा देशको हितको लागि प्रयास गरेको कदम सफल हुन्छ वा हुँदैन भन्ने नतिजा आउने अन्तिम दिन भोलि माघ ३ गतेसम्म हो। पर्सीदेखि आम चुनावको आचारसंहिता लाग्दैछ। अन्तिम घडीसम्म प्रयास गर्ने मेरो सानै देखिको बानी हो क्या रे।’

उनले चुनावअघि नै शिक्षा क्षेत्रमा महत्त्वपूर्ण सुधार र नियमावली संशोधनमा पहल हुँदैछ।

प्रकाशित: २ माघ २०८२ ९:३४ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast