पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न तयार छु : लिङ्देन

हिमाल प्रेस २९ पुष २०८२ १६:४६
पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न तयार छु : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न समेत आफू तयार रहेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित पार्टी एकता कार्यक्रममा उनले बलियो बनाउन बनाउने क्रममा व्यवस्थापकीय कुराहरू छलफलबाट मिलाउन सकिने भन्दै नेतृत्व बाधक बने परिवर्तन गर्न समेत आफू तयार रहेको बताएका हुन्।

अहिलेसम्मको सबै घटनाक्रमले, सबै अग्नि परीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र शक्ति भनेको राप्रपा नै हो भन्ने प्रमाणित भएको उनले बताए। उनले नेपालको निर्णायकत्व विदेशीको हातमा गएको, अनुभूति गरिने गरी प्रयोग भइरहेकाले समान विचार भएकाहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।

नेपालको निर्णायकता नेपाली जनताकै हातमा राख्न, नेपालको राष्ट्रियतालाई सुदृढ बनाउन र समुन्नत, समृद्ध र सबल राष्ट्रको जिम्मा युवाहरूलाई दिने कर्तव्य आफूहरूको भएको उनले बताए। अध्यक्ष लिङ्देनले आगामी चुनावका लागि इमान्दारीका साथ मेहनत गर्दै निर्वाचनरूपी आन्दोलनमा होमिन अपिल समेत गरे।

त्यस्तै राप्रपाका नेता कमल थापाले जेनजीको म्याण्डेड अनुसार भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त गराउने काम राप्रपाले मात्रै गर्न सक्ने बताए। अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनले बताए।

थापाले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र दुई तहको सरकार रहने शासन प्रणाली कायमका लागि निरन्तर सडक र सदनबाट दबाब दिने धारणा राखे।

उनले आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पूर्ण बहुमत प्रदान गर्नको निमित्त अपिल गर्दै राष्ट्र निर्माणमा एकताबद्ध हुन आह्वान समेत गरे।

प्रकाशित: २९ पुष २०८२ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast