१८ दलका १६४ जनाले फिर्ता लिए समानुपातिक सूचीबाट नाम

हिमाल प्रेस २९ पुष २०८२ १३:५४ | Tuesday, January 13, 2026
18
SHARES
१८ दलका १६४ जनाले फिर्ता लिए समानुपातिक सूचीबाट नाम निर्वाचन आयोग

काठमाडौँ- विभिन्न १८ राजनीतिक दलका १६४ जना समानुपातिक सूचीमा रहेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।निर्वाचन आयोगका अनुसार १८ राजनीतिक दलका १६४ जना उम्मेदवारले नाम फिर्ता लिएका हुन्।

नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई सूचित गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगका अनुसार समानुपातिक सुचीबाट सबैभन्दा धेरै उम्मेदवारी फिर्ता लिनेमा लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जना रहेका छन्। लोसपाले जसपासँग पार्टी एकता गरेपछि समानुपातिक सुचीका नाम फिर्ता गरेको हो । त्यसपछि जनता समाजवादी पार्टी नेपालका २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

तेस्रोमा जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। चौथो धेरै नाम फिर्ता लिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना रहेका छन्। जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेकपा माओवादीका ४ जना, राष्ट्र निर्माण दल नेपालका ४ जना उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

प्रकाशित: २९ पुष २०८२ १३:५४ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast