महानगर प्रहरी बलबाट राजीनामा दिएर चुनाव लड्ने भए राजु पाण्डे

हिमाल प्रेस २९ पुष २०८२ १३:०० | Tuesday, January 13, 2026
12
SHARES
महानगर प्रहरी बलबाट राजीनामा दिएर चुनाव लड्ने भए राजु पाण्डे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रहरी बल प्रमुख राजु पाण्डे जिम्मेवारीबाट हट्ने भएका छन्। पाण्डे प्रतिनिधिसभाको निर्वाचनमा लड्ने तयारीका साथ प्रहरी बल प्रमुखबाट राजीनामा दिने तयारीमा लागेको निकट स्रोतले बताएको हो।

महानगरमा पाण्डे मेयर बालेन शाह निकटस्थ मानिन्छन्। बालेन मेयरमा निर्वाचित भएपछि पनि प्रहरी प्रमुखमा आएका थिए।

पाण्डेले आफू बालेन मेयर रहुन्जेलसम्म मात्र पदमा रहने बताए। ‘मैले पहिल्यै भनेको छु। मेयरसाब रहँदासम्म मात्र म जिम्मेवारीमा रहन्छु भनेकै हो’, पाण्डेले हिमालप्रेससँग भने।

बालेन आगामी प्रतिनिधिसभामा चुनाव लड्ने निश्चित छ। उनलाई रास्वपाले भाबी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको छ। निकट स्रोतका अनुसार पाण्डे आगामी चुनावमा काठमाडौँ ४ मा उठ्दैछन्। पाण्डेले भने राजीनामा पछि निर्णय गर्ने बताए।

महानगरमा मेयर-उपमेयर तनाव हुँदा समेत पाण्डे तानिएका थिए। एकपटक प्रहरी प्रमुखबाट पाण्डेलाई हटाइएको थियो।  अदालतले उनैलाई पुनर्बहाली दियो। अब भने पाण्डे संसदीय राजीनामा दिन लागेका हुन्। पाण्डे कुन दल वा स्वतन्त्रबाट उम्मेदवारी दिन्छन् भन्ने खुलेको छैन। उनी निकट स्रोतले भने बालेन रास्वपा प्रवेश गरेपछि पाण्डे पनि सोही पार्टीबाटै प्रतिनिधित्व गर्ने तयारी छ।

प्रकाशित: २९ पुष २०८२ १३:०० | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast