काठमाडौँ १ बाट कांग्रेसका प्रकाशमान सिंह निर्वाचित

हिमाल प्रेस ६ मंसिर २०७९ ७:०३ | Tuesday, November 22, 2022
काठमाडौँ १ बाट कांग्रेसका प्रकाशमान सिंह निर्वाचित

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १३२ मतले हराउँदै विजयी भएका हुन्।

कांग्रेस उम्मेदवार सिंहले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७०११ मत पाएका छन्।

यसअघि २०७४ को चुनावमा पनि प्रकाशमान र रवीन्द्र मिश्रबीच प्रतिस्पर्धा भएको थियो। त्यति बेला मिश्र ८१९ मतले पराजित भएका थिए।

 

‍अघिल्लो चुनावमा विवेकशील साझाबाट तराजु चिह्न लिएर उठेका मिश्र यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी हलो चिह्न लिएर उठेका हुन्।

प्रकाशित: ६ मंसिर २०७९ ७:०३ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast