जसपा नेपाल उपाध्यक्ष थापाको समूह नेकपामा प्रवेश

हिमाल प्रेस २८ पुष २०८२ १८:२१ | Monday, January 12, 2026
18
SHARES
जसपा नेपाल उपाध्यक्ष थापाको समूह नेकपामा प्रवेश

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको छ।

सोमबार नेकपा कार्यालय पेरिसडाडामा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाललगाएतका नेताहरुले शिवलाल थापामगर नेतृत्वको समूहलाई पार्टीमा समाहित गर्नुभएको हो। दुई पार्टीबीच एकीकरणको पाँच बुँदे सहमति भएको छ।

त्यस्तै सोमबार नै मनिष लिम्बू हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीलाई समेत नेकपामा समाहित गराइएको छ। लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकताको दुईबुदे सहमति समेत भएको छ।

दुई समूहलाई पार्टीमा भित्राउदै प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै समाजवादतिरको यात्रालाई अघि बढाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। उनले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असाधारण परिस्थीतिमा अझै एकताको औचित्य बढेर गएको उल्लेख गरे।

राष्ट्र निर्माणका साथै मुलुकमा देखिएको विदेशी चलखेललाई रोक्दै सुशासन कायम गर्न समान विचार भएका र बामपन्थी दलहरु एकै ठाउँमा आएको उनले बताए। उनले छिटै पार्टीमा ठूलो एकता हुन लागेको जानकारी समेत दिए।

प्रकाशित: २८ पुष २०८२ १८:२१ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast