नेपाललाई समृद्ध बनाउन कानुन बाधक बने अध्यादेश ल्याउँछौँ : शिक्षामन्त्री पुन

हिमाल प्रेस २८ पुष २०८२ १०:३४ | Monday, January 12, 2026
40
SHARES
नेपाललाई समृद्ध बनाउन कानुन बाधक बने अध्यादेश ल्याउँछौँ : शिक्षामन्त्री पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाललाई समृद्ध बनाउन सक्ने नेपालीको दुरदृष्टि (भिजन) कार्यान्वयनमा मौजुदा ऐन कानुन बाधक बने अध्यादेशमार्फत भए पनि संशोधन गर्नुपर्ने बताएका छन्।

मन्त्री पुनले त्यस्ता भिजनलाई अघि बढाउन संसद्बाट अनिवार्य रूपमा अनुमोदन गरिनुपर्नेमा जोड दिए। भिजनको महत्त्व नबुझी त्यसको कार्यान्वयनमा अवरोध सिर्जना गर्ने प्रवृत्तिले देशलाई गम्भीर क्षति पुर्‍याइरहेको उनको भनाइ छ।

‘मातृभूमि नेपाललाई समृद्ध बनाउन सक्ने कुनै नेपालीको दुरदृष्टिलाई मौजुदा ऐन कानुनले रोक्छ भने अध्यादेश ल्याएरै भए पनि संशोधन गर्नुपर्छ र संसद्ले त्यसलाई अनुमोदन गर्नै पर्छ,’ सोमबार सामाजिक सञ्जालमा लेख्छन्,‘त्यस्ता दुरदृष्टिहरूको महत्व पटक्कै नबुझी अघि बढ्न अवरोध खडा गर्ने सरकारभित्रका अज्ञानी र धुर्त कानुन पण्डितहरूले देशलाई ठूलो हानी गरिरहेका छन्, म त्यसको विरुद्धमा छु।’

उनले नीति, कानुन र सरकारी संरचनालाई नवप्रवर्तनमैत्री बनाउन नसकेसम्म देशले अपेक्षित विकास हासिल गर्न नसक्ने उल्लेख गर्दै प्रतिभा, अनुसन्धान र सिर्जनशील सोचलाई प्रोत्साहन गर्ने वातावरण आवश्यक रहेको बताए।

प्रकाशित: २८ पुष २०८२ १०:३४ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast