कांग्रेसको विशेष महाधिवेशनबारे विष्णु रिजालको टिप्पणी : अन्योलता चिर्न नसक्दा परिणाम छताछुल्ल भयो

हिमाल प्रेस २८ पुष २०८२ ८:०० | Monday, January 12, 2026
24
SHARES
कांग्रेसको विशेष महाधिवेशनबारे विष्णु रिजालको टिप्पणी : अन्योलता चिर्न नसक्दा परिणाम छताछुल्ल भयो

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले एमालेले जस्तो कांग्रेसले दलभित्र उठेका प्रश्नहरूमाथि समयमै छलफल नगर्दा त्यसको परिणाम छताछुल्ल भएको टिप्पणी गरेका छन्।

आइतबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै रिजालले कांग्रेसले महाधिवेशन गर्ने कि नगर्ने भन्ने निर्णयमै ४९ दिन लगाएको बताए ।

‘एमालेले केन्द्रीय कमिटी बैठकमा व्यापक छलफल गरेर सर्वसम्मत निर्णयका आधारमा ५७ दिनभित्र महाधिवेशन आयोजना गरेर प्रश्नहरूको विधिसम्मत समाधान निकाल्यो। कांग्रेसले चाहिँ प्रश्नहरूमाथि छलफल नै गरेन र महाधिवेशन गर्ने कि नगर्ने भनेर ४९ दिन बितायो। आज त्यसैको परिणाम सार्वजनिक रूपमा छताछुल्ल भएको छ।’ रिजालले लेखेका छन्।

उनले लोकतान्त्रिक प्रणालीमा दल र नेतृत्वमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उल्लेख गर्दै त्यसलाई टार्ने होइन, विधि र प्रक्रिया अनुसार समाधान खोज्नुपर्ने बताए।

प्रकाशित: २८ पुष २०८२ ८:०० | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast