४९ प्रमुख जिल्ला अधिकारीसहित गृहका ७० कर्मचारीको सरुवा, सूचीसहित

हिमाल प्रेस ६ माघ २०७९ २३:०१ | Friday, January 20, 2023
४९ प्रमुख जिल्ला अधिकारीसहित गृहका ७० कर्मचारीको सरुवा, सूचीसहित

काठमाडौँ- गृह मन्त्रालयले शुक्रबार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ। सरुवासम्बन्धी जारी मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम श्रेणीका ४९ प्रजिअ, सहायक प्रजिअलगायतका कर्मचारी र राजपत्रांकित द्वितीय श्रेणीका नौ प्रमुख जिल्ला अधिकारी, पाँच सहायक प्रमुख जिल्ला अधिकारी र छ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

प्रथम श्रेणीमा रहेकी काभ्रेपलाञ्चोककी प्रजिअ हुमकला पाण्डेलाई सुनसरी, चितवनका प्रजिअ आसमान तामाङलाई गृह मन्त्रालय, सिन्धुपाल्चोकका वेदनिधि खनाललाई पर्सा, भक्तपुरका प्रजिअ रुद्रादेवी शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

सुनसरीका इन्द्रदेव यादवलाई सर्लाही, सिरहाका लालबाबु कवारीलाई गोरखा, दोलखाका भोजबहादुर खतिवडालाई सिरहा पठाइएको छ। गृहका शेखर पौड्याललाई दोलखा पठाइएको छ। प्राप्त विवरणअनुसार राजपत्रांकित द्वितीय श्रेणीका मुगुका प्रजिअ रोमबहादुर महतलाई नवलपरासी पश्चिम सरुवा गरिएको छ। रौतहटका प्रजिअ कृष्णबहादुर शाहीलाई सुनसरीको सहायक प्रजिअमा पठाइएको छ।

इलामका प्रजिअ माधवप्रसाद ढुंगानालाई सप्तरीको सहायक प्रजिअमा, ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेललाई काभ्रेपलाञ्चोकको सहायक प्रजिअमा पठाइएको छ। गृह मन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङलाई ताप्लेजुङको प्रजिअमा पठाइएको छ भने कालिकोटका प्रजिअ रामहरि शर्मालाई धादिङको सहायक प्रजिअमा सरुवा गरिएको छ।

हुम्लाका प्रजिअ सीताराम परियारलाई इलाका प्रशासन कार्यालय साँखु, बझाङका प्रजिअ बाबुराम अर्याललाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, बाराका प्रजिअ कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय, डोल्पाका प्रजिअ वेदनिधि अधिकारीलाई नुवाकोटको सहायक प्रजिअ र स्याङ्जाका प्रजिअ गंगाबहादुर क्षेत्रीलाई गृह मन्त्रालयमा ल्याइएको छ। रासस

प्रकाशित: ६ माघ २०७९ २३:०१ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast