काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा सुरु भएको छ। बैठकमा सहभागी हुन शीर्ष नेता तथा केन्द्रीय सदस्यहरू पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।
पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर मतभेद चर्किँदै गएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन हुनुपर्ने अडान सार्वजनिक र आन्तरिक रूपमा राखेपछि कांग्रेसमा आन्तरिक विवाद थप सतहमा आएको हो।
यता संस्थापन पक्ष भने आसन्न निर्वाचनपछि नियमित प्रक्रियामार्फत महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ। यस विषयमा बैठकमा विस्तृत छलफल हुने नेताहरूले बताएका छन्।
प्रकाशित: २१ पुष २०८२ १४:५६
प्रतिक्रिया



