धार्मिक द्वेष फैलाउने गतिविधि नियन्त्रणमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण : गृहमन्त्री

हिमाल प्रेस २१ पुष २०८२ १३:०२
10
SHARES
धार्मिक द्वेष फैलाउने गतिविधि नियन्त्रणमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण : गृहमन्त्री गृहमन्त्री ओमप्रकाश अर्याल। फाइल तस्बिर।

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी रहेको बताएका छन्।

गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक द्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन्।

भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरूलाई चिर्न तथा समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गरेको उनको सचिवालयले जनाएका छ।

छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एकअर्काको धर्ममा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २१ पुष २०८२ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast