आँचल बसेलले ल्याइन् बालगीत ‘घाम’

हिमाल प्रेस १८ पुष २०८२ १५:०८
24
SHARES
आँचल बसेलले ल्याइन् बालगीत ‘घाम’

काठमाडौँ- बालगायिका आँचल बसेलको स्वरमा ‘घाम’ बोलको गीत सार्वजनिक भएको छ। गीत गायिका आँचलकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

भूगोल आर दाहालको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्। राजेन्द्र वाइबाको संगीत संयोजन छ। गीतमा घामको बयान गरिएको छ। सूर्य उदाएपछि सबैकाे दिनचर्या सुरु हुने भन्दै बालबालिका रमाउने प्रसंग गीतमा उल्लेख छ।

घामले धर्तीलाई उज्यालो छरेर संसारभर रौनक ल्याएजस्तै गरी आफ्नो नाम फैलाउने बालबालिकाको चाहना पनि व्यक्त गरिएको छ। साथै गीतमा घाम अस्ताएपछि उसले चन्द्रमालाई न्यानोपन दिने र आफू ग्रहहरू माझमा बस्ने कुरा पनि शब्दमार्फत बताइएको छ।

गीतको भिडियो देविका गौतमले कोरियोग्राफी गरेकी छन्। भिडियोमा सिलुछो कुलुङ, ग्रिष्मा तिमल्सिना र कृष्मा कार्कीले अभिनय गरेका छन्।

गायिका आँचल भ्वाइस अफ किड्सको सिजन ३ मा सेमिफाइनलसम्म पुगेकी थिइन्। उनी डा. केएन स्वामीसँगको सान्निध्यमा रहेर संस्कृतका विभिन्न विधा अध्ययन गरिरहेकी छन्।

यस्तो छ गीत

प्रकाशित: १८ पुष २०८२ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast