काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बस्ने भएको हो।
बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन्।
महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको हल भाडामा लिइसकेका छन्। महाधिवेशन यही पुस २७ र २८ गते गर्ने तयारी छ।
प्रकाशित: १८ पुष २०८२ ५:४४
प्रतिक्रिया



