सरकारलाई नेकपा (बहुमत)को प्रस्ताव : भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ

हिमाल प्रेस ६ माघ २०७९ १६:५९ | Friday, January 20, 2023
सरकारलाई नेकपा (बहुमत)को प्रस्ताव : भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ

काठमाडौँ- धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन माग गरेको छ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाउँदै नेकपा (बहुमत)का संयोजक बास्तोलाले कागज कारखाना सञ्चालनको जिम्मा आफ्नो पार्टीलाई दिन माग गरेका हुन्। उनले कारखाना सञ्चालनका लागि आवश्यक जनशक्ति आफ्नो पार्टीमा रहेको दाबी पनि गरे।

‘कारखानाको सम्पत्ति अहिले अलपत्र परेको छ। नेपालका युवालाई परिचालित गरेर त्यो कारखाना हामी चलाउन चाहन्छौँ,’ उनले भने, ‘त्यतिबेला भएका मेसिन सरकारले उपलब्ध गराउनुपर्छ।’

बास्तोलाले युवा बेरोजगारको संख्या बढिरहेको भन्दै युवाहरूलाई नै परिचालन गरेर कारखाना चलाउन आफ्नो पार्टी तयार रहेको बताए। उनले भने, ‘कारखानाको सम्पत्ति अहिले अलपत्र परेको छ। नेपालका युवालाई परिचालित गरेर त्यो कारखाना हामी चलाउन चाहन्छौँ। त्यतिबेला भएका मेसिन सरकारले उपलब्ध गराउनुपर्छ।’

कारखाना नाफामा जाने बनाएपछि सरकारलाई हस्तान्तरण गर्ने गरी अहिलेलाई आफूहरूलाई दिन उनले प्रचण्डलाई आग्रह गरे।

प्रकाशित: ६ माघ २०७९ १६:५९ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast