कांग्रेस गण्डकीबाट राष्ट्रपतिकी छोरीसमेत समानुपातिक सूचीमा

हिमाल प्रेस १५ पुष २०८२ २०:१६ | Tuesday, December 30, 2025
34
SHARES
कांग्रेस गण्डकीबाट राष्ट्रपतिकी छोरीसमेत समानुपातिक सूचीमा राष्ट्रपति रामचन्द्र पौडेल र उनकी छोरी।

पोखरा- नेपाली कांग्रेसले आगामी २१ फागुनको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ गण्डकीका १२ जना उम्मेदवारको नाम बन्दसूचीमा राखेको छ।

निर्वाचन आयोगमा पेस भएको १२ जनाको सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीसमेत समेटिएकी छन्। उनी तनहुँ माइत भई हाल कास्की घर भएकी संज्ञा पोखरेल पौडेल हुन्।

यसै गरी बागलुङबाट रेनुका काउचा, शकुन्तला शर्मा, पार्वती आचार्य, नवलपुरबाट सीतादेवी देवकोटा, संगीता घिमिरे काफ्ले, गोरखाबाट जगतबहादुर बराम, मुस्ताङका रोमी गौचन थकाली, स्याङ्जाकी माया राना, तनहुँकी इन्दिरा खनाल, पर्वतकी सिर्जना पन्त र कास्कीबाट संज्ञासहित आइबहादुर गुरुङ हुन्।

गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी बागलुङबाट ३ जना परेका छन्।

प्रकाशित: १५ पुष २०८२ २०:१६ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast