उम्मेदवारकाे कथामा फिल्म बनाउँदै दीपकराज गिरी 

हिमाल प्रेस १५ पुष २०८२ १७:४६ | Tuesday, December 30, 2025
18
SHARES
उम्मेदवारकाे कथामा फिल्म बनाउँदै दीपकराज गिरी 

काठमाडौँ- अभिनेता तथा फिल्म निर्देशक दीपकराज गिरीले अन्याय विरुद्ध निर्वाचनमा होमिएका उम्मेदवारकाे कथामा फिल्म बनाउने भएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटसमार्फत् उनले यस्तो बताएका हुन्।

अभिनेता गिरी पनि अब चुनावमा उठ्ने हुन् कि भन्ने हल्लाबीच आफूले फिल्मकाे पात्रमार्फत चुनावमा सहभागी हुने खुलाएका छन्।

उनले लेखेका छन्, ‘यही फागुन महिनामा नै सुरु हुने अन्यायविरूद्ध निर्वाचनमा होमिएको एक उम्मेदवारको कथासहित मेरो आफ्नो चलचित्रमा अभिनय गर्दैछु। म उठ्ने त्यसमै हो।’

आगामी निर्वाचनमा परिवर्तनकारी पक्षतिर नै आफ्नो समर्थन रहने पनि उनकाे स्पष्टीकरण छ।

प्रकाशित: १५ पुष २०८२ १७:४६ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast