रास्वपाको समानुपातिक सूचीमा रिमा विश्वकर्मादेखि आसिफ साहसम्म

हिमाल प्रेस १५ पुष २०८२ ७:०३ | Tuesday, December 30, 2025
रास्वपाको समानुपातिक सूचीमा रिमा विश्वकर्मादेखि आसिफ साहसम्म

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा रिमा विश्वकर्मादेखि आसिफ साहसम्म समेटिएका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रिमा दलित महिला क्लष्टरबाट पहिलो सूचीमा छन्। उनी उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य थिइन्।

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल रास्वपामा आएपछि रिमा समानुपातिकमा समेटिएकी हुन्। यता आसिफ भने लामो समयदेखि रास्वपामै आबद्ध थिए।

उनी मुस्लिम क्लष्टरमा समेटिएर समानुपातिक सूचीमा समेटिएका हुन्। रास्वपाले कुलमान समूह, बालेन्द्र शाह ‘बालेन’ समूह समेत समेटेर समानुपातिक सूची आयोगमा बुझाइसकेको छ।

प्रकाशित: १५ पुष २०८२ ७:०३ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast