नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने

हिमाल प्रेस १४ पुष २०८२ १२:३० | Monday, December 29, 2025
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यसअघि सांसद र मन्त्री भइसकेका नेतालाई प्रतिनिधिसभाको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ।

पार्टीका शीर्ष नेतृत्वबीचको सहमतिअनुसार यसअघि प्रतिनिधिसभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका र राष्ट्रियसभा सदस्य भइसकेकालाई समानुपातिकको सूचीमा समावेश नगरिने सो पार्टीका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए।

आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि आज अपराह्नसम्म समानुपतिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ।

आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई निर्देशन दिएको छ।

समानुपातिकतर्फको ११० सिटका लागि दलहरुले बन्दसूची पेस गर्नुपर्ने छ।

प्रकाशित: १४ पुष २०८२ १२:३० | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast