यम शेर्पाले ‘मिरमिरे’ मा दयाहाङ र सिर्जना नै किन रोजे ?

हिमाल प्रेस १३ पुष २०८२ १२:४५ | Sunday, December 28, 2025
14
SHARES
यम शेर्पाले ‘मिरमिरे’ मा दयाहाङ र सिर्जना नै किन रोजे ?

काठमाडौँ- आगामी माघ १ मा फिल्म ‘मिरमिरे’ प्रदर्शन हुँदैछ। फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखु छन्।

यहाँ संयोग के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्‍याए, जसले फिल्म ‘कार्साङ्’ निर्देशन गरेका थिए। ‘कार्साङ्’ कै निर्देशक यम शेर्पाले ‘मिरमिरे’ निर्देशन गरेका छन्।

दयाहाङ र सिर्जना दोस्रोपटक जोडीको रुपमा देखिँदैछन्। यसअघि उनीहरू फिल्म ‘कार्साङ्’ मा देखिएका थिए।

यमले नै उनै कलाकारसँग फेरि एक ठाउँ भएर काम गर्ने मेसो मिलाएका हुन्। त्यसो त निर्देशक यमले किनआफ्नो दोस्रो निर्देशकीय फिल्ममा पनि दयाहाङ र सिर्जनालाई नै लिए त?

‘एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ। पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ,’ जवाफमा निर्देशक शेर्पाले भने, ‘दोस्रो कुरा दयाहाङ राई सबैले रुचाएको सर्वप्रिय कलाकार हुनुहुन्छ। अभिनेत्रीको सन्दर्भमा पहिलो फिल्ममा सँगै काम गरेकाले सहज हुने कुराले दोहोर्‍याएको हो।’

फिल्मको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेका भन्दै उनले आफू स्क्रिप्टमा बस्दादेखि नै आफ्नो दिमागमा उनीहरू नै आएको सुनाए। कथाको माग र पहिलो पनि सँगै काम गरेकाले सहजताको अपेक्षाले निर्देशक र मुख्य कलाकारबीच त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशम यम स्पष्टिकरण छ।

फिल्ममा गायक तथा कलाकार प्रकाश सपुत र बाल कलाकार शाइसा गौचन पनि मुख्य भूमिकामा छन्। शाइसा दयाहाङको छोरीको भूमिकामा देखिनेछिन्। टिमकाअनुसार फिल्ममा छोरी हुर्काउनका लागि एक बाबुले गरेको संघर्ष देखाइएको छ।

प्रकाशित: १३ पुष २०८२ १२:४५ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast