बालुवाटार बैठक : निर्वाचनमा जान दलहरूको प्रतिबद्धता

हिमाल प्रेस १२ पुष २०८२ १७:१७ | Saturday, December 27, 2025
26
SHARES
बालुवाटार बैठक : निर्वाचनमा जान दलहरूको प्रतिबद्धता

काठमाडौँ- प्रमुख राजनीतिक दलहरूले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुने बताएका छन्। आज (शनिबार) प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस, एमालेलगायत अरू दल पनि रेडी छन्। सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ।’

बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न आग्रह गरेकी थिइन्।

प्रकाशित: १२ पुष २०८२ १७:१७ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast