काठमाडौँ- नवनिर्वाचित सभामुख देवराज घिमिरेले नेकपा एमालेको सदस्यता त्यागेका छन्। आज एक विज्ञप्ति निकाल्दै पार्टीको राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको जनाएका छन्।
निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्नका लागि आफूले पार्टीबाट राजीनामा दिएको उनले बताएका छन्।
उनी एमालेको स्थायी कमिटी सदस्य र प्रदेश नं. १ को एमालेको इन्चार्जको जिम्मेवारीमा थिए। लामो समयदेखि पार्टी राजनीतिमा रहेका घिमिरे झापा २ मा प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।
प्रकाशित: ६ माघ २०७९ १०:३२
प्रतिक्रिया