इन्धन अभावका कारण गाजाका अस्पतालमा सेवा प्रभावित

हिमाल प्रेस ११ पुष २०८२ १९:४४
12
SHARES
इन्धन अभावका कारण गाजाका अस्पतालमा सेवा प्रभावित फाइल तस्बिर : एफपी

काठमाडौँ– गाजामा इन्धनका अभावका कारण अस्पताल सेवा प्रभावित भएको छ। इजरायली आक्रमणपछि संरचनाहरू ध्वस्त भएपछि गाजामा इन्धन अभाव भएको हो। इन्धन अभावका कारण गाजाको एक प्रमुख अस्पतालले धेरै सेवाहरू स्थगित गरेको जनाएको छ।

दुई वर्षभन्दा लामो युद्धले तहसनहस पारेको मध्य गाजा क्षेत्रको अल–अवदा अस्पतालले करिब ६० जना बिरामीको हेरचाह गरिरहेको छ जहाँ प्रत्येक दिन करिब एक हजार मानिसहरू उपचारको खोजीमा पुग्ने गर्छन्।

‘जेनेरेटरका लागि आवश्यक पर्ने इन्धन अभावका कारण अधिकांश सेवा तत्कालका लागि बन्द गरिएको छ,’ अस्पताल व्यवस्थापनमा संलग्न एक वरिष्ठ अधिकारी अहमद मेहन्नाले भने, ‘अस्पतालका प्रसूति वार्ड र बाल रोगलगायत आपतकालिन विभागहरू मात्र सञ्चालनमा छन्।’

यी सेवालाई निरन्तरता दिन अस्पतालले सानो जेनेरेटर भाडामा लिएर चलाएको उनले बताए।

सामान्य अवस्थामा अल–अवदा अस्पतालले प्रतिदिन एक हजारदेखि एक हजार २०० लिटर डिजेल खपत गर्दछ। तर, अहिले यसको झण्डै आधा इन्धन मात्र उपलब्ध हुने गरेको छ।

‘सेवाहरुको बन्द अस्थायी हो र ईन्धनको उपलब्धतासँग जोडिएको छ,’ मेहन्नाले भने। लामो समयसम्म इन्धन अभावले ‘अस्पतालको आधारभूत सेवाहरू प्रदान गर्ने क्षमतामा प्रत्यक्ष खतरा निम्त्याउने’ उनले बताए।

उनले इन्धनको स्थिर आपूर्ति सुनिश्चित गर्न स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई द्रुत दबाव दिन आग्रह गरे।-रासस/एएफपी

प्रकाशित: ११ पुष २०८२ १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast