काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सुमना श्रेष्ठले उपसभामुखमा आफ्नो कुनै पनि दाबी नरहेको बताएकी छन्।
उपसभामुखको दाबी गर्नेमा आफ्नो नाम पनि आएकोप्रति ध्यानाकर्षण भएको बताउँदै सांसद श्रेष्ठले कलष्टर मिलाउन जनजाति महिलाकै आवश्यकता भए पनि आफ्नो दाबी नहुने बताइन्।
‘रास्वापामा उपसभामुख मा दाबी गर्नेमा मेरो नाम आएकोमा ध्यानाकर्षण भएको छ । उपसभामुखमा मेरो कुनै पनि किसिमको दाबी छैन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पार्टीले क्लस्टर मिलाउनु पर्ने भएर जनजाति महिलाकै आवश्यकता भएमा पनि मेरो दाबी रहने छैन ।’
प्रकाशित: ६ माघ २०७९ ९:१०
प्रतिक्रिया