फाइल तस्बिर। हिमाल प्रेस
                                            काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद् भवनको ल्होत्से हलमा उम्मेदवारी मनोनयन गरिने छ।
यस्तै, शुक्रबार नै अपराह्न ४स्१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ।
उपसभामुख चयनका लागि पुस ७ गते प्रतिनिधि सभा बैठकमा मत विभाजन लगायतको प्रक्रिया हुनेछ।
यस्तै, कांग्रेससहितको विपक्षी ‘गठबन्धन’बाट पनि उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरिएको छ।
                            प्रकाशित: ६ माघ  २०७९ ६:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

