दुई क्विन्टल चरेससहित दुई जना पक्राउ

हिमाल प्रेस ६ पुष २०८२ १४:५१ | Sunday, December 21, 2025
32
SHARES
दुई क्विन्टल चरेससहित दुई जना पक्राउ

काठमाडौँ- प्रहरीले पर्साबाट दुई क्विन्टलबढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर ढाँटबाट ट्रकमा लोड गरिएको चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–११ बस्ने २९ वर्षीय सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४० केजी चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।

उनले ट्रकको क्याबिनमाथि फल्स बनाई लुकाएर राखेको अवस्थामा चरेस बरामद भएको बताए।

डिएसपी कार्कीले दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: ६ पुष २०८२ १४:५१ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast