काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा

हिमाल प्रेस ५ पुष २०८२ ७:५० | Saturday, December 20, 2025
18
SHARES
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ। भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ।

बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले जानकारी दिए।

भट्टराईको अनुसार बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्तिबाटिकामा जुलुस जम्मा हुनेछन्। सबै जना एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट जुलुस सुरु हुने उनले बताए।

‘सन्देश सभामा ५० हजार मानिस आउने हाम्रो अपेक्षा छ। जुलुसको नेतृत्व दोस्रो तहले गर्नुहुन्छ। सुनधारा, नयाँ सडक चेक र शान्ति बाटिकामा मानिस भेला हुनेछन्। त्यसपछि बागबजार, पुतली सडक, पद्मदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ’, उनले भने।

प्रकाशित: ५ पुष २०८२ ७:५० | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast