माधव नेपालको मुद्दामा साक्षी झिकाउन आदेश

हिमाल प्रेस २९ मंसिर २०८२ १७:२३ | Monday, December 15, 2025
34
SHARES
माधव नेपालको मुद्दामा साक्षी झिकाउन आदेश

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी सहसंयोजक माधवकुमार नेपालविरूद्धको मुद्दामा साक्षी झिकाउने आदेश भएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वप्रधानमन्त्री नेपालविरूद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा यस्तो आदेश दिएको हो।

विशेष अदालतले मुद्दामाथि सुनुवाइ गर्दै नेपाललगायतका प्रतिवादीहरू साक्षी झिकाइ भौतिकरूपमा वा श्रव्यदृष्य माध्यममार्फत उपस्थित गराई वकपत्रका निमित्त इजलाससमक्ष पेस गर्न आदेश दिइएको हो।

त्यस्तै अदालतले मुद्दाको विषयसम्बन्द्ध उजुरीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६९ मंसिर ८ मा भएको निर्णयसहितको फाइलसमेत झिकाउन आदेश दिएको छ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नेपालसहित ९३ जनामाथि १८ करोड ९८ लाख ५० हजार बिगो मागदाबी गरेको छ।

मुद्दामाथि भएको थुनछेक बहसका क्रममा विशेष अदालतले गत असार ११ गते नेपाललाई ३५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो।

प्रकाशित: २९ मंसिर २०८२ १७:२३ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast