पूर्वमन्त्री उपाध्यायको निधनमा तीन दिन झण्डा आधा झुकाउने कांग्रेस निर्णय

हिमाल प्रेस २९ मंसिर २०८२ १२:१९ | Monday, December 15, 2025
30
SHARES
पूर्वमन्त्री उपाध्यायको निधनमा तीन दिन झण्डा आधा झुकाउने कांग्रेस निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उपाध्यायको निधनले पार्टीले एक अग्रज, अनुभवी र बौद्धिक नेतृत्व गुमाएको निष्कर्ष निकाल्दै शोक प्रस्ताव पारित गरेको हो।

उपाध्यायको ९१ वर्षको उमेरमा शनिबार साँझ काठमाडौँको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा निधन भएको थियो। राजनीतिक संघर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका उपाध्यायले निर्वासित पनि भएका थिए। समाजसेवा र अध्ययनमा विशेष रुचि राख्ने उपाध्याय २०५६ सालमा शिक्षा तथा खेलकुदमन्त्री भएका थिए। उनी राष्ट्रियसभा सदस्य पनि भएका थिए।

कांग्रेसले उपाध्यायप्रति सम्मान प्रकट गर्न मंसिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरी पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गरिने भएको छ।

प्रकाशित: २९ मंसिर २०८२ १२:१९ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast