एमाले महाधिवेशन

यी हुन् ओली समूहबाट पदाधिकारीमा प्रतिस्पर्धी

हिमाल प्रेस २९ मंसिर २०८२ ११:१० | Monday, December 15, 2025
22
SHARES
यी हुन् ओली समूहबाट पदाधिकारीमा प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दुई समूह आमनेसामने हुने निश्चित भएको छ। महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने भएको हो। आजै उम्मेदवारी दिने दिन भएकाले पदाधिकारीका उम्मेदवार दुवै पक्षले टुंग्याएका छन्। निकट स्रोतका अनुसार ओलीको समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ।

महासचिवमा शंकर पोखरेल नै प्रतिस्पर्धामा उत्रिने तय भएको छ। उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभुक्त ढकाल उम्मेदवार बन्नेगरी छलफल अन्तिम चरणमा पुगेको छ।

सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको छ। अन्य नयाँमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र ज्वालाकुमारी साह उम्मेदवार बन्ने भएका छन्।

यद्यपी उपमपहासचिव र सचिवको नाम ओली समूहले टुंग्याए पनि केही आकांक्षी असन्तुष्ट छन्। यही कारण टुंग्याउन केही समय लाग्ने जनाइएको छ।

प्रकाशित: २९ मंसिर २०८२ ११:१० | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast