एमाले केन्द्रीय सदस्यमा झापाका मनोज ताम्लीले उम्मेदवारी दिने

हिमाल प्रेस २९ मंसिर २०८२ ९:५३ | Monday, December 15, 2025
58
SHARES
एमाले केन्द्रीय सदस्यमा झापाका मनोज ताम्लीले उम्मेदवारी दिने

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वमा रस्साकस्सी जारी छ। हाल काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा नेतृत्व छनोट प्रक्रिया सुरु हुन लागेको छ।

अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा दिने लहर चलिरहेको छ। यत्तिकैमा झापाका मनोज ताम्लीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। अघिल्लो कार्यकाल एमाले निकट अनेरास्ववियुका सचिव रहेका ताम्ली यस कार्यकालमा उमेरहदका कारण बिदा भएका थिए।

यही कारण पनि उनले पार्टी नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका हुन्। ताम्ली पार्टीभित्र युवाहरूको बर्चस्व रहनुपर्ने एजेन्डाका साथ मैदानमा छन्।

प्रकाशित: २९ मंसिर २०८२ ९:५३ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast