कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

हिमाल प्रेस २९ मंसिर २०८२ ६:१५ | Monday, December 15, 2025
18
SHARES
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज यही सोमबार बस्दै छ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशन दिएको छ।

 

प्रकाशित: २९ मंसिर २०८२ ६:१५ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast