एमाले अनुशासन आयोग अध्यक्ष बडालले गरे सक्रिय राजनीति त्याग्ने घोषणा

हिमाल प्रेस २८ मंसिर २०८२ २०:४१ | Sunday, December 14, 2025
16
SHARES
एमाले अनुशासन आयोग अध्यक्ष बडालले गरे सक्रिय राजनीति त्याग्ने घोषणा

काठमाडौँ- नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीको सक्रिय राजनीति त्याग्ने घोषणा गरेका छन्। आइतबार सुरु भएको एमालेको बन्दसत्रमा उनले महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन्।

उनले अब ‘पदभन्दा बाहिर रहेर, भुइँस्तरमा बसेर पार्टी र जनताको हितमा समर्पित भएर लाग्ने’ बताए। बडाल २०७८ सालदेखि एमाले अनुशासन आयोगका अध्यक्ष रहेका थिए। नेकपा (माले)को स्थापना कालदेखि नै सक्रिय रहेका उनी २०३१ सालदेखि कम्यनिस्ट पार्टीमा सक्रिय रहेका हुन्।

एमालेमा उनी सल्लाहकार परिषद् अध्यक्ष, केन्द्रीय सहकारी विभाग प्रमुख, उद्योग विभाग प्रमुख, मध्यमाञ्चल तथा क्षेत्रीय इन्चार्जलगायत जिम्मेवारीमा रहेर काम गरेका थिए। २०५६ सालदेखि केन्द्रीय कमिटी सदस्यका रूपमा उनले काम गरेका थिए।

यसअघि अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली समेतले सक्रिय राजनीति त्यागेका छन्।

प्रकाशित: २८ मंसिर २०८२ २०:४१ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast