प्रहरीलाई निशाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ : आईजीपी कार्की

हिमाल प्रेस २८ मंसिर २०८२ १५:१२ | Sunday, December 14, 2025
30
SHARES
प्रहरीलाई निशाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ : आईजीपी कार्की प्रहरी महानिरीक्षक दानबहादुर कार्की/ फाइल तस्बिर

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौँको बौद्धमा पुननिर्मित प्रहरी कार्यालयको उद्घाटन गर्दै कार्कीले आन्दोलनमा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई नै निशाना बनाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताए।

उनले चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने देखिएको गुनासो गरे।

नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिक र प्रहरीको सम्बन्धलाई प्रगाढ गर्दै अघि बढ्न निर्देशन दिए।

आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भए तापनि अन्ततः शान्तिसुरक्षा कायम गर्न प्रहरी नै आवश्यक पर्छ भन्ने हेक्का सबैलाई भएको उनले बताए।

जनेजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको बौद्ध प्रहरी कार्यालयको पुननिर्माण गरिएको हो।

प्रकाशित: २८ मंसिर २०८२ १५:१२ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast