एपीएफलाई हराउँदै वालिङ निलो फाइनलमा

हिमाल प्रेस ५ माघ २०७९ ७:५८ | Thursday, January 19, 2023
एपीएफलाई हराउँदै वालिङ निलो फाइनलमा

स्याङ्जा- स्याङ्जाको वालिङ खेलमैदानमा आज सम्पन्न खेलमा एपीएफलाई हराउँदै आयोजक वालिङ युनाइटेड निलो फाइनल प्रवेश गरेको छ। एपीएफ काठमाडौँलाई १–० गोलले पराजित गर्दै वालिङ निलो फाइनल प्रवेश गरेको हो।

वालिङ युनाइटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकपको आजको खेलमा जर्सी नं १८ का अजय मार्टिन्सको गोलमा वालिङ निलो विजयी भएको हो।

दोस्रो हाफमा दुवै पक्षबाट गोल नभएपछि अन्ततः वालिङ निलो विजयी हुँदै फाइनल प्रवेश गरेको हो। पराजयसँगै एपीएफ बाहिरिएको छ। विजयी भएको वालिङ निलोले आगामी शनिबार वालिङ युनाइटेड रातो र एभिनियरबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ।

आजको खेलमा वालिङ युनाइटेडका जर्सी नं ९ का विश्वास श्रेष्ठलाई उत्कृष्ट खेलाडीको पुरस्कार दिईएको छ। भोलि दोस्रो सेमीफाइनल खेल वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुनेछ।

उक्त प्रतियोगिता स्याङ्जा जिल्लाकै सर्वाधिक राशीको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हो। माघ ६ गतेसम्म दैनिक एक/एक वटामात्रै खेल हुने छ। आगामी शनिबार फाइनल खेल हुने छ।

प्रतियोगितामा पराजित भएसँगै लिस्नु फुटबल क्लब रुपन्देही, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौँ र एपिएफ फुटबल क्लब काठमाडौँ बाहिरिएका छन्।

प्रतियोगितामा प्रथम हुने टिमले नगद पाँच लाख र द्वितीय हुने टिमले नगद दुई लाख पचास हजारसहित शिल्ड प्राप्त गर्नेछन्।

 

प्रकाशित: ५ माघ २०७९ ७:५८ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast