सशस्त्र प्रहरी बलद्वारा निर्वाचनलक्षित नीति तर्जुमा

हिमाल प्रेस २६ मंसिर २०८२ १४:५९ | Friday, December 12, 2025
28
SHARES
सशस्त्र प्रहरी बलद्वारा निर्वाचनलक्षित नीति तर्जुमा

काठमाडौँ- सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो।

सबै निर्वाचन क्षेत्रहरुमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोश्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिमसम्बन्धी पाठ्यक्रम तयार गरी निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिने लगायत नीतिमा उल्लेख छ।

त्यस्तै निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरी निर्वाचन सुरक्षामा महत्वपूर्ण स्थानहरु अंकित गरी प्रभावकारी रुपमा परिचालन गर्नेसहितका नीति तर्जुमा गरिएको सशस्त्र प्रहरीबलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए।

उनले निर्वाचनको एक महिनाअघिदेखि नै आवश्यक बन्दोवस्तीका सामग्री तथा सवारी साधनसहित खटिने बताए।

त्यस्तै क्यूआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एकदिन अघिदेखि निर्वाचनको एक दिन पछिसम्म हातहतियार तथा अन्य आवश्यक साधानका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानहरुमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले हालसम्म गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा गरेका कामका बारेमा समेत जानकारी गराइएको थियो।

प्रकाशित: २६ मंसिर २०८२ १४:५९ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast