एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै

हिमाल प्रेस २५ मंसिर २०८२ ७:३३ | Thursday, December 11, 2025
एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ- नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक अहिले बिहान ८ बजेबाट बस्दैछ।

प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ।

‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदीप ज्ञवालीले रिर्पोटिङ गर्नुहुन्छ ’ गौतमले भने, ‘बढी भन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितीका तर्फबाट पनि सुझाव दिइने छ।’ मुल समितिको संयोजक महासचिव शंकर पोखरेल हुन् भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ छन्।

आज १४ वटै समितीका संयोजकहरुले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन्। सबै समितिहरूलाई आफ्नो भूमिका थप प्र्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछ। बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपका विषयमा पनि जानकारी गराइने छ।

प्रकाशित: २५ मंसिर २०८२ ७:३३ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast