मुस्ताङको थासाङमा भालुको जोखिम

हिमाल प्रेस २२ मंसिर २०८२ १७:४८
16
SHARES
मुस्ताङको थासाङमा भालुको जोखिम सांकेतिक तस्बिर।

मुस्ताङ- थासाङ गाउँपालिका-५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा भालुका कारण मानवीय जोखिम बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोमको अधीनमा रहेको उक्त स्थानमा भालुको जोखिम बढेसँगै स्थानीयवासी त्रसित भएका छन्।

थासाङको कुञ्जो-ताक्लुङ लगायतका जंगलमा घाँसदाउरा गर्न, च्याउ टिप्न र पशुचौपाया चराउन गएका स्थानीयवासी भालुको आक्रमणमा पर्ने गरेका छन्। भालुको आक्रमणका कारण निर्धक्क रुपमा जंगल जान सक्ने अवस्था नरहेको स्थानीयवासी बताउँछन्। यसअघि भालुको आक्रमणमा परी स्थानाीय घाइते भएका थिए।

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले भालुको आक्रमण परी घाइते भएका व्यक्तिलाई वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को दफा ४ को उपदफा  ‘ख’ र ‘ग’ मा भएको व्यवस्थाबमोजिम क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिइन्। भालुले बालीनालीसमेत सखाप गर्ने गरेको स्थानीयले बताए।

प्रकाशित: २२ मंसिर २०८२ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast