एमाले मजबुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

हिमाल प्रेस २१ मंसिर २०८२ ६:४६
12
SHARES
एमाले मजबुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली

ललितपुर- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकभित्रको अराजकता र अस्थिरता अन्त्य गर्ने पार्टी एमाले भएकाले यसलाई मजवुद पार्नुपर्ने बताएका छन्।

बलियो एमाले बनाउन केपी ओलीको विकल्प नभएको बताउँदै उनले अहिलेको अवस्थामा एमालेको पक्षमा गोलबन्ध भए मूलुक ठूलो संकटबाट निस्कने तर्क गरे। गोदावरी नगर कमिटी ललितपुरद्वारा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन सम्बन्धी विस्तारित बैठकमा बोल्दै नेता ज्ञवालीले ओली मुलुकको राजनीतिको चुनौतीलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत बताए।

एमालेकै कारण अन्य पार्टीले पनि समाजमा आफ्ना आवाज बढाउन सकेको उनले बताए। कार्यक्रमममा एमाले पोलिटब्युरो सदस्य खीमलाल भट्टराईले जनताको जीवन बदल्न एमालेको विकल्प नरहेको स्पष्ट पारे। उनले प्रतिगमनको विरुद्धमा जनलहर मसीर २७ गते उत्रिनुपर्ने बताए।

प्रकाशित: २१ मंसिर २०८२ ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast