माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

हिमाल प्रेस १९ मंसिर २०८२ १८:१८
2
SHARE
माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

काठमाडौँ- विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वल्र्ड पिस फोरम र चन्द्रनगर गाउँपालिकासँग सहकार्य गर्दै सर्लाहीमा वृक्षारोपण अभियान सुरू गरेको छ।

वातावरण संरक्षण र दीर्घकालीन सामुदायिक कल्याणलाई लक्षित अभियानअन्तर्गत चन्द्रनगर गाउँपालिका–२ स्थित श्री दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा १ हजार ७५० मोरिङ्गा (सजिवनी) विरुवा रोपेर कार्यक्रमको पहिलो चरण सम्पन्न गरिएको हो।

कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, मधेश प्रदेश प्रमुख नवराज चौधरी, अभियानी बासु गौतम तथा गाउँपालिका अध्यक्ष राजकुमार महतोले संयुक्त रुपमा गरेका थिए।

कार्यक्रममा कम्पनीका मधेश प्रदेशअन्तर्गतका शाखा प्रमुख र अभिकर्ताहरूको उपस्थिति रहेको थियो।

वक्ताहरूले मोरिङ्गा विरुवाको उच्च औषधीय तथा पोषक महत्वको चर्चा गर्दै वातावरणीय दिगोपनका लागि सामुदायिक सहभागिता अपरिहार्य हुने बताए। उनीहरूले चन्द्रनगर गाउँपालिकाका अन्य वडाहरूमा पनि क्रमिक रुपमा वृक्षारोपण कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिए।

सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण र दीर्घकालीन सुरक्षा संस्कृतिलाई संस्थागत प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू देशभर सञ्चालन हुँदै आएको कम्पनीले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०८२ १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast