नयाँ क्रियाशील सदस्यता वितरणबारे छलफल गर्दै कांग्रेस

हिमाल प्रेस १९ मंसिर २०८२ ११:१८
16
SHARES
नयाँ क्रियाशील सदस्यता वितरणबारे छलफल गर्दै कांग्रेस कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आज पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ।

महामन्त्री गगन थापा नेतृत्वको समितिले नयाँ क्रियाशील सदस्यता वितरणबारे राय लिन सबै संगठनका पदाधिकारीलाई दिउँसो १ बजे सानेपामा बोलाएको छ।

समिति सदस्य सीता गुरुङका अनुसार सदस्यता वितरणलाई ‘राष्ट्रिय अभियान’ का रूपमा अघि बढाउने विषयमा छलफल हुनेछ।

महाधिवेशनको मिति तोकिएपछि बुधबार बसेको समितिको पहिलो बैठकले १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउने निर्णय गरेको थियो।

कांग्रेसले १५औँ महाधिवेशनमा सदस्यतालाई विवादमुक्त बनाउन थापाको संयोजकत्वमा समिति गठन गरेर काम अघि बढाएको हो।

व्यवस्थापन समितिमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली छन्।

प्रकाशित: १९ मंसिर २०८२ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast